देवदह ।
देवदहमा रहेको केरवानी माध्यमिक विद्यालयको ७० औं बार्षिकोत्सव, अभिभावक दिवसकाे अवसरमा प्रगति केन्द्रमा निर्माण गरिएको मन्टेश्वरी भवन उद्घाटन भएकाे छ । उद्घाटन समाराेहमा प्रमुख अथिती तथा देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले शिक्षालाई सीप संग जोडेर लैजान आवश्यक रहेको बताउनु भयाे ।
उहाले शिक्षाको विकासले मात्र समाज परिवर्तन गर्न सकिने भएकोले नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएर अगाडि बढिरहेको बताउनु भयो । केरवानी माध्यमिक विद्यालय देवदह–५, को ७० औं बार्षिकोत्सव, अभिभावक दिवस तथा प्रगति केन्द्रमा निर्माण गरिएको मन्टेश्वरी भवन उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनुभएको हो ।
उहाँले नगर प्रमुख खरेलले देवदहलाई शैक्षिक हवको रुपमा विकास गर्ने गरी नगरपालिका लागि रहेको दावी गर्नु भयो । उहाले गुणस्तर र प्रविधिक शिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन हुने बताउदै त्यसको लागि सवै एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
केरवानी माध्यमिक विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष शुसिला भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर शिक्षा अधिकारी टिकाराम शर्मा, देवदह आदर्श बहुमुखी क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, महामाया भवानी माध्यमिक विद्यालयका ऋषिश्वर अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा केरवानी माध्यमिक विद्यालयको बर्ष शिक्षकको रुपमा सञ्जयकुमार शुक्लालाई सम्मान गरिएको थियो ।
यसैगरी कार्यक्रममा अवकास प्राप्त पुर्व शिक्षकहरु, प्रथम राष्ट्रपति कप प्रतियोगितामा द्धितिय हुने खेलाडीलाई सम्मान गरिएको थियो । यसैगरी विद्यालयको बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद तथा कार्यक्रमका विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले शैक्षिक प्रतिवेदन, अध्यक्ष भट्टराईले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक कमल ज्ञवालीको स्वागत र शिक्षक प्रतिनिधि यज्ञप्रसाद अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।