काठमाण्डाै ।
अबको ३ दिनसम्म पानी पर्ने र हिमपात हुने सम्भावना रहेको मौसमविदले जनाएका छन । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँमा पानी पर्ने भए पनि मध्य र पूर्वी नेपालमा भने पानी पर्ने धेरै सम्भावना छैन । यी ठाउँमा फाट्टफुट्ट पानी पर्नेछ । पश्चिमी वायुको कारण अहिले देशैभरको मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुलेटिन निकालेर आज राति कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही ठाउँमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
यस्तै भोलि कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भू–भागका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको र पर्सि पश्चिम नेपालका केही ठाउँमा दिनभरि नै पानी पर्ने महाशाखाले जनाएको छ ।