चितवन ।
बाग्मती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको गाडीको ठक्करबाट निधन भएको छ । नवलपुरको गैँडाकोटमा उहाँ सवार ना ४६ व ७७५९ नम्बरको मोटरसाइकललाई ग १ ख ८५४७ नम्बरको जन्ती बोकेको बसले ठक्कर दिदा घाइते हुनुभएका ६७ वर्षीय पौडेललाई भरतपुर अस्पताल लगिएकोमा उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएको छ ।
पौडेल २०७८ पुस ९ गते बाग्मती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री हुनुभएको थियो । नेता पौडेलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??