देवदह ।
रुपन्देहीको देवदह ३ सेमरहानामा जारी दोस्रो संगम वडा स्तरीय खुला भलिबल प्रतियोगिताको दोस्रो दिनका खेलहरु सम्पन्न भएका छन् । दोस्रो दिनको पहिलो खेलमा देवदह ६ सरनबारीले देवदह ८ बिशालनगरलाई २५-१४ र २५-१८ को सोझो सेटमा पराजित गर्दै सरनबारी दोस्रो चरणमा प्रवेश गरेको छ।
त्यस्तै आज भएको दोस्रो खेलमा देवदह वडा नम्बर १ लाई २५-१६ र २५-१९ को सोझो सेटमा पराजित गर्दै देवदह ७ ‘बि’ टिम दोस्रो चरणमा प्रवेश गरेको छ । तेस्रो खेलमा कारीकोट स्याङ्जाले देवदह -५ लाई २५-२६, २५-१८ र १५-९ गरि दुई सेट जित्दै स्याङ्जा कारिकोट दोस्रो चरणमा प्रवेश गरेको छ।
चौथो खेल काली गण्डकीले चारपाला लाङ्घाली समाज लाई २५-१८ र २७-२५ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।आजै भएको पाँचौं तथा अन्तिम खेलमा तिलोत्तमाले देवदह १० लाई २५-२२ र २५-२२ को सोझो सेटमा पराजित गर्दै तिलोत्तमा दोस्रो चरणमा प्रवेश गरेको छ आयोजकले सङ्गम युवा क्लबका खेल संयोजक मिलन थापाले जानकारी दिए ।
संगम युवा क्लबको आयोजना, चाहाना आमा समुहको सह – आयोजना, देवदह नगर कार्यपालिकाको कार्यालय र देवदह नगरपालिका वडा नं ३ को सहयोगमा संचालित प्रतियोगितामा २२ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगर रु ५०,५५५ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने टिमले नगद ३०,३३३ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेश्रो हुने टिमले नगद १५,११५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।