spot_img
spot_img
spot_img

आज विश्व सिमसार दिवस

spot_img

काठमाण्डौ ।

फेब्रुअरी २ तारिखका दिन मनाइँदै आएको विश्व सिमसार दिवस आज विविध कार्यक्रका साथ मनाइँदै छ। यस वर्ष ‘सिमसार : मानव हितको आधार’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा सरकारी स्तरबाट विभिन्न मन्त्रालयअन्तर्गतका कार्यालयले आ–आफ्नो किसिमले दिवसका विभिन्न कार्यक्रमहरु गरिरहेका छन् ।

विश्वका रहेका सिमसार क्षेत्रको संरक्षण र संवर्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार शहरमा भएको थियो ।

रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन शुरु गरिएको हो । सिमसार दिवस मनाउने खास उद्देश्य भनेको सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु हो । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका र अति संवेदनशील, संकटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्छ । सूचीमा हालसम्म १७२ देशहरु आवद्ध भएका छन् । साथै दुई हजार ४२२ सिमसार रामसारको सूचीमा सूचीकृत भएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img