काठमाण्डौ ।
नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदहरुलाई निर्देशन दिएको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौं नछोड्न सांसदहरुलाई निर्देशन दिदै विगतमा संसदको बैठक तथा समिति बैठकहरुमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आएकोले यस्तो गतिबिधी रोक्नका लागि सांसदहरुलाई राजधानी नछोड्न निर्देशन दिएको हो ।
यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नु परेमा संसदीय दलको प्रमुख सचेतक अथवा सचेतकबाट लिखित रुपले स्वीकृति लिएर मात्रै राजधानी छोड्न निर्देशन दिइएको बताईएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??