काठमाडौं ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली जनताको अपेक्षाअनुसार तिब्र गतिमा समृद्धिको अभियानले फड्को मार्न नसकेको बताउनुभएको छ ।
शनिबार पोखरमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले आजको केन्द्रिय कार्यभार भनेकै नेपाली जनताको अपेक्षाअनुसार तिब्र गतिमा समृद्धिको अभियानको फड्को मार्नु रहेको बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले यसको लागि सुशासन, समृद्धि र सामाजिक न्याय मुख्य कुरा रहेको बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??