बुटवल ।
अखिल नेपाल महिला संघ केन्द्रीय समिती प्रशिक्षण विभाग र अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेश समितीको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । माघ
१७ देखि १९ गतेसम्म पुष्षलाल स्मृति भवन बुटवल रुपन्देहीमा तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे कार्यक्रम प्रदेश कमिटि अध्यक्ष पम्फवाती खनालको अध्यक्षता तथा केन्द्रीय प्रशिक्षण विभाग प्रमुख डा.पुष्पा के.सी.भण्डारीको संचालनमा शुरु गरिएको प्रशिक्षण कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सिता पौडेलको प्रमुख आतिथ्यतामा संचालन भएकाे थियाे ।
कार्यक्रममा अनेमसंघ केन्द्रीय अध्यक्ष टुकाभद्रा हमाल, पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, अनेमसंघ केन्द्रीय उपाध्यक्ष शर्मिला कार्की, नेकपा एमाले केन्द्रीय कमिटी सदस्यहरु साबित्रा अर्याल, गोमा आचार्य, सृजना काफ्ले, अनेमसंघ केन्द्रीय सचिव तथा अनेमसंघ लुम्बिनी प्रदेश इन्चार्ज बिना ज्ञवाली, पार्टी प्रदेश कमिटी सदस्य तथा अनेमसंघ प्रदेश इन्चार्ज लिला राना, अनेमसंघ केन्द्रीय उपमहासचिव शान्ति अधिकारी, अनेमसंघ स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज बिजुला रायमाझी, अनेमसंघ स्थायी कमिटी सदस्य थान कुमारी थापा, अनेमसंघ केन्द्रीय सदस्यहरु ज्ञानु के.सी., कल्पना थापा, शारदा शर्मा, केन्द्रीय प्रशिक्षण विभाग सचिव कमला के.सी. प्रशिक्षण विभाग सदस्य योगमाया सापकोटा, प्रदेश कमिटी पदाधिकारीहरु, प्रदेश कमिटीबाट जिल्लामा खटिनुभएका इन्चार्जहरु, लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटीका अध्यक्ष तथा सचिवहरुको उपस्थितीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पार्टीका उपमहासचिव प्रदिप ज्ञवाली, अनेमसंघका इन्चार्ज तथा स्थायी कमिटी सदस्य सिता पौडेल, अनेमसंघ केन्द्रीय अध्यक्ष टुकाभद्रा हमाल, अनेमसंघ केन्द्रीय उपाध्यक्ष शर्मिला कार्की, अनेमसंघ केन्द्रीय महासचिव पेम्बा लामा, उपमहासचिव शान्ति अधिकारी, प्रशिक्षण विभाग प्रमुख डा.पुष्पा के.सी. भण्डारी, प्रशिक्षण विभाग सदस्य कमला के.सी. र योगमाया सापकोटा, पार्टी केन्द्रीय सदस्य सृजना काफ्ले, पार्टी लुम्बिनी प्रदेश स्कुल विभाग सचिव युवराज न्यौपाने लगायतका प्रशिक्षकहरुले करिब १८,१९ विषयमा प्रशिक्षण दिनुभएको थियो ।