spot_img
spot_img
spot_img

देवदहमा एक हप्ते अचार बनाउने तालिम सम्पन्न

spot_img

देवदह // रुपन्देहीको देवदहमा एक हप्ते अचार बनाउने तालिम सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदह र निरन्तर महिला तथा बचत सहकारी संस्थाको आयोजनामा उक्त तालिम भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का इलेक्ट डि आर आर विक्रम क्षेत्रीले क्लबले कार्यक्रमहरु संचालनका लागि आफ्ना सदस्यहरुबाट पैसा जम्मा गरी त्यसको सहि सदुपयोग गरी समाजसेवा गर्दै आईरहेको बताउनुभयो । उनले रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदह र निरन्तर महिला तथा बचत सहकारी संस्थाले महिलाहरूका लागि स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरेको एक हप्ते अचार बनाउने तालिम निकै नै महत्वपूर्ण रहेको बताउनुभयो ।

सोहि अवसरमा बोल्दै देवदह उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि भण्डारीले एक हप्तासम्म सिकेको सीपलाई व्यावसायिक रुपमा अघि बढाई आत्मनिर्भर बन्न आग्रह गर्नुभएको छ । उहाले नजिकिदै गरेको देवदह महोत्सवमा तालिममा सहभागी महिलाहरूका लागि सहुलियत दरमा स्टल उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

एक हप्तासम्म सञ्चालन भएको अचार बनाउने तालिममा ४७ जना महिला दिदीबहिनीहरूले सहभागीता रहेको थियो। तालिममा अमला, आँप, कागती, खुर्सानी, च्याउ अन्य विभिन्न प्रकारका अचारहरू बनाउन सिकाईएको थियो ।
तालिमको सहजीकरण भगवती शर्माले प्रशिक्षण गर्नु भएको थियो।

कार्यक्रम रोट्र्याक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष विक्रम भुसाल र निरन्तर महिला तथा बचत सहकारी संस्थाको अध्यक्ष मिना पौडेलको संयुक्त अध्यक्षता, क्लबको सचिव ललिता घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो। तालिमको संयोजन अनुभवी शर्माले गर्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img