काठमाडौं ।
यो वर्षको हिउँद ठूलो पानी नपरी बिदा हुने संभावना बढेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण पश्चिम नेपालमा हल्का वर्षा भए पनि ठुलो पानी नपरी हिउँद बिदा हुने संभावना देखिएको हो।
कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाका साथै बागमती प्रदेशका थोरै स्थानमा आइतबार छिटफुटदेखि हल्का वर्षा भए पनि बाँकी भूभागमा भने सामान्य बदली मात्रै भएको मौसमविद्ले जनाएका छन ।अरबियन सागरबाट आउने पश्चिमी वायु नेपालसम्म आइपुग्दा कमजोर भइसक्ने भएकाले ठूलो पानी पर्न नसकेको मौसमविद्को भनाई छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??