spot_img
spot_img
spot_img

एआईले बनाएका सबै ‘फेक’ तस्बिरमा लेबल लगाउँदै फेसबुक र इन्ष्टाग्राम

spot_img

काठमाण्डौ ।

सामाजिक सञ्जाल कम्पनी फेसबुक र इन्ष्टाग्रामको मातृ कम्पनी मेटाले कृत्रिम बौद्धिकता अर्थात् एआई टूलहरूको प्रयोग गरेर बनाइएको तस्बिरलाई चिनेर त्यस्ता तस्बिरमा लेबल राख्ने प्रविधि बनाइरहेको छ । यो प्रविधिलाई कम्पनीले फेसबुक, इन्ष्टाग्राम र थ्रेड्सको प्लेटफर्ममा प्रयोग गर्नेछ । आफ्नो प्रणालीबाट बनाएको एआई तस्बिरलाई मेटाले यसअघि नै लेबल लगाउन थालिसकेको थियो । नयाँ प्रविधि विकासको क्रममै रहेको बताइएको छ । यसले एआईको बिगबिगीलाई नियन्त्रण गर्न सहयोग गर्ने अपेक्षा कम्पनीको छ ।

तर यस्ता टूलहरुलाई सहजै टार्न सकिने एक जना एआई विज्ञले बीबीसीलाई भनेका छन् । यो टूलले च्याटजीपीटीले जेनरेट गरेको टेक्ष्टको परीक्षण गर्न असम्भव भएको  मेरील्यान्ड विश्वविद्यालयमा रिलायेबल एआई ल्याबका निर्देशक प्राध्यापक शोहेल फेइजी भन्छन् ।

आफ्नो टूलले अडियो र भिडियोमा काम गर्न सक्दैन भन्ने कुरा मेटा आफैँले पनि स्वीकार गरेको छ । कम्पनीले प्रयोगकर्ताहरूलाई एआई प्रयोग गरेर बनाइएका अडियो भिडियोमा आफैँले लेबल लगाउन भनेको छ । यस्तो नगर्नेलाई कम्पनीले दण्डित गर्ने चेतावनी दिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img