spot_img
spot_img
spot_img

देवदहमा औद्योगिक व्यापार मेला शुरु

spot_img

रुपन्देही ।

रुपन्देहीको देवदहमा आठौँ राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । “कृषि, पर्यटन उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार” भन्ने मुल नाराका साथ देवदह उद्योग वाणिज्य संघको आयोजनामा उक्त महोत्सव सुरु भएको हो ।

महोत्सवको एक कार्यक्रमका वीच लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गर्नु भएको हो । महोत्सवको उद्घाटन गर्दै मन्त्री खनालले मेला महोत्सवको माध्यमबाट देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिनेमा जोड दिनु भयो । उहाले कोभिडका कारण देशको आर्थिक अवस्था विग्रदै गईरहेको बताउदै यस्ता मेला महोत्सवले देशको आर्थतन्त्र सुधार गर्न सकिने बताउनु भयो ।

मन्त्री खनालले पर्यटनमा नीजि क्षेत्रले अरवौं रकम लगानी गरेपनि देशमा पर्यटन भित्र्याउन नसक्दा लगानी डुव्ने खतरा बढ्दै गईरहेको बताउनु भयो । उहाले तीनै तहको सरकारले नीतिगत सुधार गरेर नजाने हो भने भने कुनैपनि क्षेत्रको विकास हुन नसक्ने बताउनु भयो । उहाले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रदान गर्न नसक्दा विकास हुन नसकेको बताउनु भयो । उहाले प्रदेश र स्थानीय तहलाई बलियो बनाएमात्र संविधान संघीय लोकतान्त्रिक बलियो हुने बताउदै होचुवाको भरमा योजना बाड्दा कार्यान्वयन हुन नसकेको बताउनु भयो । मन्त्री खनालले एक पालिका एक अस्पतालको अवधारणा अगाडि सारेपनि सरकारले ती अस्पताललाई प्रविधि दिन नसक्दा संचालनमा समस्या भईरहको बताउनुभयो ।

सोही अवसरमा बोल्दै लुम्विनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले भगवान गौतम बुद्धको मावली स्थल देवदह कृषि र पर्यटन क्षेत्रको प्रचार संचावना रहेको बताउनु भयो । उहाले आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउनको लागि सवैले सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको औल्याउनु भयो । सोही अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले मेला महोत्सवहरु मर्म र भावना अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । उहाले व्यापार व्यवसाय प्रवद्र्धन गर्न राज्यले नीति अवलम्वन गर्न आवश्यक रहेको बताउनु भयो । उहाले सरकारले व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न सकेमात्र स्वदेशमै रोजगार सृजना हुने बताउनु भयो ।

देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, महासंघका केन्द्रिय सदस्य जसमिर मियाँ, लुम्विनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष्ँ हरि अर्याल, देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्री, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग, उद्योग व्यापार संघका अमृत फुल्लेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img