काठमाडौं ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३३औँ स्थापना दिवस मनाएको छा । ‘सुधारौँ सोच, संस्कार र व्यवहार : नियन्त्रण हुन्छ भ्रष्टाचार’ भन्ने नाराका साथ आयोगले स्थापना दिवस मनाउदै आएको छ ।
प्रहरी प्रधान कार्यालयको अडिटोरियम हलमा आयोजित स्थापना दिवस कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाट्न गर्नुभएको थियो । पंचायतकामै स्थापना भएको अख्तियार दुरुपयोग निवारण आयोगलाई २०४७ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रुपान्तरण गरिएको थियो ।
आयोगका केन्द्र र ७ वटै प्रदेश कार्यालयमा गरी गत पुस मसान्तसम्ममा २२ हजार १ सय २७ उजुरी परेका छन् । ती उजुरीमध्ये ५० प्रतिशत स्थानीय तहमा भएका अनियमितता सम्बन्धि रहेका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??