spot_img
spot_img
spot_img

इनर्जीको पावर हाउस हुन् भिजाएर खाइने यी खानेकुरा

spot_img

काठमाण्डौ ।

बिहान उठेपछि केही चिजको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । केही खानेकुरा यस्ता पनि छन् जसलाई रातभर भिजाएर खाँदा फाइदा हुन्छ । भिजाएपछि यी खाद्य वस्तुको पौष्टिकता बढ्छ । यस्ता खानेकुराको सेवनले दिनभरको थकान हटाउँछ अ नि शरीरलाई ऊर्जा पनि दिन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगहरूसँग लड्ने क्षमता प्रदान गर्छ । आजको यस लेखमा हामीहरू रातभरि भिजाएर खाँदा शरीरलाई फाइदा पुग्ने केही खानेकुराबारे कुराकानी गर्न गइरहेका छौं ।

किसमिसलाई रातभर भिजाएर बिहान खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसको सेवनले कब्जियतको समस्याबाट छुटकारा पाउनुका साथै पेटलाई स्वस्थ बनाउन मद्दत मिल्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यसले हामीलाई सङ्क्रमण आदिबाट पनि बचाउँछ ।

भिजाईएको बदाम

भजाइएको बदाम शरीरमा पौष्टिक तत्त्वको कमीलाई पूरा गर्न उत्तम विकल्प हो । यी खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । बदामलाई रातभर भिजाएर राख्दा यसको पोषण बढ्छ । यस कारण भिजाएको बदाम नियमित खाँदा उच्च रक्तचाप र खराब कोलेस्ट्रोलबाट राहत मिल्छ । यसबाहेक यसले स्मरण शक्ति पनि बढाउँछ ।

भिजाइएको मुङ

रातभर भिजाएर राखेपछि भोलिपल्ट बिहान मुङ टुसाउँछ । टुसा आएको मुङको सेवनले पेटको धेरैजसो समस्याबाट मुक्ति मिल्छ । भिजाएको मु कब्जियतका लागि निकै प्रभावकारी मानिन्छ । तपाई तौल घटाउन चाहनु हुन्छ भने बिहान टुसा उमारिएको मुङ खानु निकै फाइदाजनक हुन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img