spot_img
spot_img
spot_img

देवदह नगरपालिकाको अर्धवार्षिक समिक्षा सम्पन्न

spot_img

रुपन्देही ।

रुपन्देहीको देवदह नगरपालीकाले अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०८०/०८१ को लागि विनियोजित रकम र योजना, कार्यप्रगतिको वारेमा समिक्षा गरेको हो । यस आर्थिक बर्षमा नगरपालिकाले गरेको कामको प्रगति, आगामी दिन गर्नुपर्ने काम, योजनाको वारेमा छलफल गर्ने गरी अर्धबार्षिक समीक्षा कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनुभयो।

नगरपालिकाले साउन देखि पौष मसान्त सम्म ६ करोड ३६ लाख ५४ हजार राजश्व संकलन गरेको समीक्षा कार्यक्रममा जानरी दिईएको थियो । यो हिसावले ६ महिनाको अवधिमा ३४ प्रतिशत राजश्व संकलन भएको नगरपालिकाले जानकारी दिएको छ ।देवदह नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा १८ करोड ४३ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । वडागत राजश्व, नगरपालिकाले लिने विभिन्न विषयको राजश्व, नदीजन्य पदार्थ विक्रिको राजश्व संकलन भएको हो।

देवदह नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि ५६४ वटा योजना अगाडि सारेको थियो । नगरस्तरीय योजना, वडास्तरीय योजना मध्ये ३६५ वटा योजना सम्झौता भएको र १६६ योजना सम्पन्न भएको समीक्षा कार्यक्रममा जानकारी दिईएको थियो । देवदह नगरपालिकाले ६ महिनाको अवधिमा ३० प्रतिशत योजना सम्पन्न गरेको छ भने ७० प्रतिशत योजना सम्पन्न गर्न वाकी रहेको छ । समीक्षा कार्यक्रममा योजना शाखाले प्रस्तुत गरेको प्रतिवेदनमा १९९ वटा योजना चालु अवस्थामा रहेको र १९९ वटा योजना वाकी रहेको जानकारी दिईएको थियो ।

२०८०/०८१को लागि नगरपालीकाले १ अरव ७ करोड बजेट विनियोजन गरेकोमा ६ महिनाको अवधिमा २५ प्रतिशत खर्च गरेको समीक्षा कार्यक्रममा जानकारी दिईएको छ । आर्थिक प्रशासनद्धारा प्रस्तुत प्रतिवेदनमा पुजीगत ४९ करोड मध्ये १२ प्रतिशत मात्र खर्चको भएको उल्लेख गरिएको छ । त्यसैगरी ६ महिनाको अवधिमा चालु तर्फ भने २१ करोड ५२ लाख ७३ हजार खर्च भएको जनाएको छ । योजनाको पेश्की रकम लिने तर फस्र्यौट नगर्ने प्रवृति बढेको, आफनो काम नगरेर अरुको जिम्मेवारी माथि हस्तक्षेत्र, नियमित काम गर्दा पनि थप सहुलियतको माग गर्नु पुजीगत रुमा खर्च हुन नसकेको जनाईएको छ ।

अर्धबार्षिक समिक्षा कार्यक्रममा वडा सचिवहरुले वडा कार्यालयले गरेको कामको प्रतिवेदन प्रस्तुत गरेका थिए भने नगरपालिकामा रहेका विभिन्न शाखा प्रमुखहरुले पनि प्रतिवेदन प्रस्तुत गरेका थिए ।देवदह नगरपालिकाले आयोजना गरेको अर्धवार्षिक समिक्षा कार्यक्रममा नेपाली काग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु भने सहभागि भएका थिएन । सार्वजनिक पद धारण गरेपनि आफनो जिम्मेवारी बहन गर्न नसकेको केही वडाअध्यक्षहरुले कार्यक्रमको बहिष्कार गरेको नगर प्रमुख धु्रवप्रसाद खरेलले बताउनु भयो । वडा कार्यालयले गरेको खर्चको हिसाव किताव नागरिकलाई जानकारी दिनु पर्ने भएपनि वडाअध्यक्षहरुले त्यसलाई महत्व नदिई कार्यक्रम बहिष्कार गर्ने गरेको उहाले जानकारी दिनु भयो ।

नगरप्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, नगर शिक्षा अधिकारी टिकाराम शर्मा, राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img