काठमाण्डौ ।
आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएको छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो । यसवर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ रहेको थियो ।
सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण शुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मङ्सिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो ।
एफएम प्रसारण भने २०५२ सालदेखि शुरु भएको हो । देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।