कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन । गयराती १ बजे महेन्द्रनगर बाट काठमाडौ सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो ।
दुर्घटनाबाट ३० जना घाइते मध्य ९ जनाको बुटवलमा उपचार भईरहेको छ भने अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ । थप विवरण आउन अझै बाकी छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??