एजेन्सी ।
अत्यधिक चिसोका कारण यस हिउँदमा मंगोलियामा हालसम्म कम्तीमा ६ लाख ११ हजार ९२४ पशुधन मरेका छन् । जमिनमा जमेको हिउँले ढाकेको कारण ठुलो सङ्ख्यामा पशुधन मरेको बताइएको छ । देशका २१ प्रान्तहरूमध्ये पूर्वमा खेन्टी, दोर्नोड, सुखबाटार र दोर्नोगोभी र मध्यपश्चिममा अर्खाङ्गाईमा सबैभन्दा बढी जनावरको मृत्यु भएको समाचारमा उल्लेख छ ।
यसका साथै कम्तीमा १३ हजार ५ सय गोठाला घरपरिवार हिउँमा फसेका छन् भने ३८ हजार ४ सय किलोमिटर सडक हिउँका कारण बन्द भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार २०२३ को अन्त्यमा मंगोलियामा पशुधनको सङ्ख्या ६.४७ करोड थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??