देवदह ।
राष्ट्रिय स्वतन्त्र पार्टीको देवदह नगर समितिले पूर्णता पाएको छ । शनिवार सम्पन्न पालिका भेलाले मेघनाथ भण्डारीको सभापतित्वमा ११ सदस्यीय नगर तदर्थ समिति निर्वाचित भएको घोषणा संगै नगर समितिले पूर्णता पाएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला संयोजक डा बुद्धि प्रसाद शर्मा को अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य कुसुम महर्जनले उच्च शिक्षा तथा रोजगारीको निम्ती विदेशिन बाध्य भएकाहरुलाई देशमै कमाउने र रमाउने वातावरण तयार गर्नु आजको आवश्यक्ता भएको बताउनुभयो ।
कार्यक्रमको प्रमुख वक्ता महर्जनले राजनिति गर्ने कि राज्यको निति बदल्ने अव रोज्ने बेला आएको भन्दै राजनिति गर्नु भनेको पुरानै पार्टी जस्तो भएको जिकिर गर्नु भयो । समितिको उप सभापतिमा ज्ञान प्रसाद न्यौपाने, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा पार्वती न्यौपाने, तथा सदस्यहरुमा शेर बहादुर कार्की,मनोज तिवारी,सिता कुवर शर्मा पौडेल, ईन्दिरा पाण्डे,भक्त बहादुर थापा, ध्रुव प्रसाद शर्मा, तुलसी खनाल गरी सवै पदमा एकल उम्मेदवारी परेको हुँदा निर्विरोध निर्वाचित भएको निर्वाचन संमितिका संयोजक तथा क्षेत्रिय सभापति मोहन विक्रम जिसीले बताउनुभयो ।
देवदह ६ का सभापति गोकुल प्रसाद तिवारी स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रदेश उपसभापति सालिक राम घिमिर, प्रदेश सदस्य प्रेम खत्री, विष्णु पौडेल, नरेश पर्छाई, शेखर गुप्ता लगायतले मन्तब्य राख्नु भएको थियो ।