बुटवल ।
“स्वास्थ्यका लागि खेलकुद रास्ट्र लागि खेलकुद” भन्ने नाराका साथ हिमालय सामुदायिक बिकास केन्द्रले कन्चन कपको १५औ संस्करण आगामी फाल्गुन १६ गतेबाट हुने भएको छ ।
हिमालय सामुदायिक बिकास केन्द्रले कन्चन कप २०८० का लागि शनिवार दियो बजारमा पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो । कन्चन गाउपालिकाको सहयोगमा हुन गइरहेको यो प्रतियोगिता कंचन गाउँपालीका कै पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिता भएको हिमालय सामुदायिक बिकास केन्द्रका अध्यक्ष प्रकाश थापाले बताउनु भयो।
कंचन गाउँपालीका कै सर्वाधिक धनराशि को यस प्रतियोगिता को विजेता ले नगद २,२५,०००कप मेडल र प्रमाणपत्र प्रयाप्त गर्नेछ्न भने उपविजेताले नगद १,१५,०००कप मेडल र प्रमाणपत्र पाउनेछन् ।
रुपन्देही,कपिलवस्तु अनि नवलपरासीका गरि कुल दश टोलि सहभागी यस प्रतियोगितामा बिधागत तर्फ उत्कृष्ट गोलरक्षक,डिफेन्स,फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही ५,५०० र आकर्षक ट्रफी प्रदान गरिने र हरेक खेल को म्यान अफ दि म्याच लाई १,५०० र आकर्षक ट्रफी दिइने बताउनु भयो। प्रतियोगिता २५ गतेसम्म चल्ने हिमालय सामुदायिक बिकास केन्द्रका अध्यक्ष थापाले बताउनु भयो।