spot_img
spot_img
spot_img

नेपालमै हुलाक टिकट छाप्न शुरु

spot_img

काठमाण्डौ ।

नेपालमै हुलाक टिकट छाप्न शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको समन्वयमा हुलाक सेवा विभागले टिकट छपाइ शुुरु गरेको हो ।

६४ वर्षपछि नेपालमै छापिएको हुलाक टिकट हिजोदेखि प्रचलनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाउनुुभएको हो ।

विभागका महानिर्देशक प्रदीप अधिकारीले नेपालमै टिकट छापिन थालेसँगै समय र लागत बचत भएको जानकारी दिनुुभयो । यसअघि भारत, इण्डोनेसिया लगायतका देशमा हुलाक टिकट छापेर ल्याउने गरिएको थियो ।

२०१६ सालदेखि रोकिएको हुलाक टिकट छपाइ ६४ वर्षपछि पहिलोपटक नेपालमा छाप्न थालिएको विभागले जनाएको छ । पहिलोपटक प्रचलनमा ल्याइएको हुलाक टिकट नेपालमै छापिएको थियो । सरकारी र औपचारिक कागजातमा हुलाक टिकटको प्रयोग हुने गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img