spot_img
spot_img
spot_img

अबको ५ दिन देशका धेरै ठाउँमा बर्षाको सम्भावना

spot_img

काठमाण्डाै ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज सोमवारदेखि आउँदो शुक्रवारसम्म देशका धेरै ठाउँमा आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुुसार  मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा रहेकाले आजदेखि बुधवारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा तथा बाग्मती र कोशी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक-दुई ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार बिहीवारदेखि शुक्रवारसम्म बाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँहरुमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यसैगरी, आज सोमवार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भेगका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मंगलवारदेखि बुधवारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाग्मती र कोशी प्रदेशका एक-दुई ठाउँमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ ।

यस्तै, बिहीवार बाग्मती, मधेस र कोशी प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रवार गण्डकी, बाग्मती र कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी पहाडी भेगका एक-दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। शनिबारदेखि क्रमशः मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । मौसम बदलीका कारण चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img