काठमाडौं ।
बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । बाजुरको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमूल गाउँपालिकाका उच्च लेकाली भेगमा ६ महिनापछि हिमपात भएको हो ।
हिमपातका कारण उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा जनजीवन कष्टकर बनेको छ । यस्तै बेँसीतिर समेत पानी परेका कारण जाडो बढेको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै हिमपात भएपछि खुशी भएका छन् । सिँचाइको सुविधा नहुँदा गहुँबाली लगाए पनि सुक्न थालेको समयमा वर्षा र हिमपात हुँदा कृषक भने दंग परेका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??