काठमाण्डौ ।
युरोपेली अन्तरिक्ष एजेन्सीले सन् १९९० मा प्रक्षेपण गरेको अन्तरिक्ष यान पृथ्वीमा खसेको छ ।विभिन्न ग्रह र त्यहाँको मौसमी प्रणालीबारे अध्ययन, निर्देशन र नियन्त्रण गर्न प्रयोग हुँदै आएको ई.आर.एस.टू नामको युरोपेली अन्तरिक्ष यान पृथ्वीमा खसेको हो ।
क्यालिफोर्नियाको झण्डै दुई हजार किलोमिटर पश्चिममा प्रशान्त महासागरको वायुमण्डलमा यो यान पृथ्वीमा खस्ने बित्तिकै जलेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसरी कुनै पनि मिसन पृथ्वीको सतहमा पुगेर सबैले देख्ने गरी ध्वस्त भएको यो पहिलो घटना भएको बताइएको छ ।
युरोपेली अन्तरिक्ष एजेन्सीले प्रक्षेपण गरको यो सन् १९९० मा वायुमण्डल, जमिन र महासागरको नयाँ तरिकाले अध्ययन गर्न थालेको दुई वटा मिसनमध्येको यो एउटा हो । यो यानले ईआरएस टूले बाढीको अनुगमन, महासागर–सतहको तापक्रम मापन र भूकम्पको समयमा जमिनको अवस्थाका बारेमा पनि अध्ययन गरी प्रक्षेपण गर्ने काम गर्दै आएको थियो ।
यान पृथ्वीभन्दा सात सय किलोमिटर माथि रहेकोमा प्राकृतिक रूपमा तल खस्न एक सय वर्ष लाग्न सक्ने प्राविधिकहरुले बताएकोमा अनुमान गरेको समय भन्दा अगावै खसेको हो ।
एजेन्सी ।