spot_img
spot_img
spot_img

सन्दीप लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने

spot_img

काठमाडौं ।

काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका क्रिकेटर सन्दीप लामिछानेले जेल बाहिरै रहेर मुद्दा लड्न पाउने भएका छन। बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतले सुनाएको आदेशविरुद्ध पुनरावेदन दिएका लामिछानेलाई पाटन उच्च अदालतले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने लिखित अनुमति दिएको हो ।

सन्दीपको मुद्दा दर्ता भएपछि उच्च अदालतका रजिस्टारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार यस्तो अनुमति दिएका हुन् । सो संहितामा १० वर्षभन्दा कम कैद सजायमा ‘थुनामा नबसी मुद्दाको पुनरावेदन गर्न पाउँ’ भनि निवेदन दिन सकिने ब्यवस्था छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img