काठमाण्डौ ।
शेयर बजार आज पनि घटेको छ । पछिल्लो पाँच शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ७६ अङ्कले घटेर दुई हजार ५ दशमलव ८३ विन्दुमा झरेको छ । फाइनान्स र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरु सबै समूहको शेयर घटेको हो ।
आज सबैभन्दा धेरै हिमालय उर्जा विकास कम्पनीको शेयर साढे सात प्रतिशत र बाराही हाइड्रोपावर कम्पनीको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेकोे दिन आज समाज लघुवित्तको शेयर १० प्रतिशत तथा जोशी हाइड्रो र साम्लिङ पावर कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । आज ९५ लाख १८ हजार कित्ता शेयर तीन अर्ब २० करोड ६१ लाख रुपैयाँमा कारोबार भएका छन।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??