spot_img
spot_img
spot_img

समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरासँग आफू सहमत नरहेको बिष्णु पौडेलको भनाई

spot_img

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समाजिक सञ्जालले लोकतन्त्रमा खतरा ल्यायो भन्ने कुरासँग आफू सहमत नरहेको बताउनु भएकाे छ ।शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले सामाजिक सञ्जालबाट गलत सूचना संप्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भने भइरहेको बताउनुभयाे ।

‘मलाई के लाग्छ भने यो सोसल मिडियाले मिस कम्युनिकेसनको कुरा गरेको छ । गलत सूचना संप्रेषण भइरहेको छ र समाजलाई गलत गर्ने कोशिस पनि गरिएको छ’, उनले भने, ‘तर, लोकतन्त्र नै खतरामा पार्‍यो भन्ने चाहिँ होइन । यसलाई त नियमन गर्ने पाटो छन् ।’

उहाँले सामाजिक सञ्जालका गलत सूचनाहरू रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोसिस हुनुपर्ने बताउनु भयाे ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img