spot_img
spot_img
spot_img

सन् १९९३ को बम विस्फोटका अभियुक्त अब्दुल करिम टुन्डालाई अदालतले दियो सफाइ

spot_img

एजेन्सी ।

अजमेरको टाडा अदालतले सन् १९९३ मा देशका पाँच सहरमा भएका शृङ्खलाबद्ध बम विस्फोटको मुद्दामा बिहीबार आफ्नो फैसला सुनाएको छ । यस मुद्दामा अदालतले अब्दुल करिम टुन्डालाई सफाइ दिएको छ भने अन्य दुई जना हमेदुद्दीन र इरफानलाई आजीवन कारावासको सजाय सुनाएको हो ।

सन् १९९३ मा बाबरी मस्जिद ध्वस्त भएको वर्षगाँठमा मुम्बई, हैदरावाद, कानपुर, लखनऊ र सुरतमा रेलमा श्रृंखलाबद्ध बम विस्फोट भएका थिए। अदालतको फैसलापछि टुन्डाका वकिल शफिकतुल्ली सुल्तानीले सञ्चारकर्मीसँग भने, ‘अदालतले अब्दुल करीम टुन्डामाथि दर्ता भएका कुनै पनि मुद्दामा दोषी ठहर गरेको छैन । टुन्डाविरुद्ध दर्ता भएका सबै मुद्दामध्ये कुनै पनि मुद्दामा टुन्डा दोषी प्रमाणित हुन सकेनन् । त्यसैले आज उनले सफाइ पाएका छन् । उनी पूर्णतया निर्दोष छन्।’
सीबीआईले टुन्डाविरुद्ध टाडा ऐन, आईपीसी, रेलवे ऐन, हतियार ऐन, विस्फोटक ऐनसम्बन्धी कुनै प्रमाण पेश गर्न सकेन। त्यसैले अदालतले सबै धारा र ऐनबाट टुन्डालाई सफाइ दिएको छ । फेब्रुअरी २७ मा टाडा अदालतमा सुनुवाइ सकिएको थियो।
श्रृङ्खलाबद्ध बम विस्फोटका मुख्य अभियुक्त भनिएका टुन्डा अजमेरको उच्च सुरक्षा कारागारमा बन्द छन् ।  सन् २०१३ मा नेपाल-भारतसीमाबाट पक्राउ परेपछि उनलाई गाजियाबाद जेलमा राखिएको थियो, जहाँबाट उनलाई अजमेर जेलमा सारिएको थियो । उनलाई कडा सुरक्षामा बिहीबार बिहान अदालतमा ल्याइएको थियो । यस क्रममा उनी ह्वील चेयरमा बसेको देखिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img