spot_img
spot_img
spot_img

बंगलादेशको एक भवनमा आगलागी हुँदा ४४ जनाको ज्यान गयो

spot_img

एजेन्सी ।

बंगलादेशमा एक सात तल्ले भवनमा आगलागी हुुँदा ४४ जनाले ज्यान गुमाएका छन् । २२ जना गम्भीर घाइते भएका छन् । राजधानी ढाकामा रहेको एउटा रेष्टुरेन्टमा भएको आगलागीमा ७५ जनाको भने सकुशल उद्धार भएको बीबीसीले जनाएको छ ।

एउटा रेष्टुरेन्टबाट सल्केको आगो त्यही तल्लामा रहेका अरु रेष्टुरेन्ट, कपडा पसल र मोबाइल पसलमासमेत पुगेको थियो । ग्यास लिक भएका कारण आगलागी भएकाे हुनसक्ने त्यहाँका अधिकारीहरुले अनुमान गरेकाे खबरमा उल्लेख छ ।

भर्‍याङ्सहित सबै तल्लामा असुरक्षित तरिकाले ग्यास सिलिन्डर राखेकाले क्षति धेरै भएको उनीहरुले बताएका छन् । सुरक्षा नियमलाई कडाइका साथ पालना नगरी लापरबाही गरेका कारण बंगलादेशमा अपार्टमेन्ट भवन र कारखाना परिसरहरूमा आगलागीका घटना भइरहन्छन्।

यसअघि सन् २०२१ को जुलाइमा खाद्यान्न प्रशोधन कारखानामा आगलागी हुँदा बालबालिकासहित ५० जना भन्दा बढीको ज्यान गएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img