spot_img
spot_img
spot_img

जेसीआई कञ्चनको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न

spot_img

रुपन्देही ।

जेसीआई  कञ्‍चनद्वारा आयोजित युवा लक्षित २ (दुई) दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ। तालिमको समापन सत्रमा बोल्दै प्रमुख अतिथि प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईले सफलता प्राप्ति गर्नु नै सफल हुनु होइन सफलता जोगाइ राख्नुपर्ने भन्दै तालिममा सिकेका विषयवस्तुले जीवनमा कुनै न कुनै सकारात्मक परिवर्तन सँगै अबको नेतृत्व युवाहरूले कुशलतापूर्वक निर्वाह गर्न तम्तयार रहनुपर्ने बताउनु भएको  छ ।

साथै मानव जीवनमा एक कुनै न कुनै एक खेल अङ्गिकार गर्नुपर्ने जोड दिदै खेलले स्वस्थ रहने र स्वस्थ मस्तिष्कले मात्रै जीवनमा सकारात्मक चिन्तन ल्याउने बताउँदै खेलकुदको विधिमा सहकार्य र सदाचारका साथ प्रदेश खेलकुद परिषद्, लुम्बिनी जेसीआई कञ्चनसँग सधै साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

कञ्‍चन गाउँपालिका वडा नं. २ मा सक्रिय युवा क्लब, सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने संघ-संस्थाका पदाधिकारीहरूको आवश्यकतालाई मध्यनजर गर्दै आयोजित कार्यक्रममा बोल्दै जेसीआई कञ्‍चन वर्ष २०२४ का अध्यक्ष जेसी धनपति ज्ञवाली सन्देशले युवाहरू भविष्यको कर्णधार मात्र नरहेर वर्तमानमा ऊर्जावान समय समाज रुपान्तरणका लागि खर्चिनु पर्ने, समाजको अपेक्षा र कुशल नेतृत्वकर्ताको आवश्यकता रहेको मध्यनजर गर्दै तालिम सञ्चालन गरेको बताउनु भयो। वहाँले विभिन्न कार्यक्रम, गोष्ठी, समारोहमा प्रयोग हुने खादा, माला र मायाको चिनो दिने परम्परा लगायतका  अनावश्यक फजुल खर्च कटौती तथा  निस्तेज गरि स्थानीय उत्पादनलाई प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

साथै जेसीआई कञ्चनले आगामी दिनहरूमा पनि यस्तै प्रकारका अन्य थुप्रै तालिमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनले तालिमको नतिजा तत्काल नदेखिने तर यसले व्यक्ति र समाज परिवर्तन सँगै सकारात्मक चिन्तन ल्याउने हुँदा तालिम अत्यन्तै प्रभावकारी र उपलब्धिमूलक रहेको बताउनुभएको थियो।

जेसीआई बुटवलका पूर्व अध्यक्ष तथा प्रमुख प्रशिक्षक जेसी राजिब गौतम र प्रशिक्षक तथा जेसीआई नेपाल क्षेत्र घ तालिम संयोजक जेसी गणेश पाण्डे सिसिमले दिनुभएको प्रशिक्षणमा कञ्चन गाउँपालिका वडा नं. २ का सक्रिय युवा क्लब तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने संघ-संस्थाका पदाधिकारीहरू उपस्थित तालिममा जेसीआई कञ्‍चन वर्ष २०२४ का अध्यक्ष जेसी धनपति ज्ञवाली सन्देशको अध्यक्षता, महासचिव जेसी प्रकाश उपाध्याय पौडेलको सञ्‍चालन, जेसीआई आस्थापाठ कोषाध्यक्ष दीपा थारू र कार्यकारी उपाध्यक्ष जेसी निरोज पौडेलले सहभागी र अतिथिगणहरूलाई आभार प्रकट गर्नुभएको थियो। सामुदायिक सभाहल कञ्चन-२ बगहीमा सम्पन्न भएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img