काठमाण्डौ ।
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अहिलेसम्मकै उच्च सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ तोकेको छ ।
हिजो १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि गएको पुस १२ गते सबैभन्दा बढी १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै नेपालमा पनि बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।