spot_img
spot_img
spot_img

कीर्तिमानी उच्च बिन्दु छोएर ओर्लियो बिट्क्वाइनको भाउ

spot_img

एजेन्सी ।

भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ कीर्तिमानी नयाँ उचाइ छोएर ओर्लिएको छ । मंगलबारको कारोबारमा प्रतिगोटा बिट्क्वाइनको भाउ ६९ हजार २१० डलरसम्म पुगेको थियो । बिहानी कारोबारमा केही बेर नयाँ उचाइमा पुगेर बिट्क्वाइनको भाउ ओरालो लाग्न थालेको थियो । मध्याह्नसम्म आइपुग्दा भाउ ८ प्रतिशतले घटेर ६१ हजार ९७३ डलर ३७ सेन्टमा समेटियो ।

यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार बुधवार बिहान ११ः४३ मा क्वाइन डेस्कमा बिट्क्वाइनको भाउ अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव १७ प्रतिशतले घटेर ६६ हजार ११२ डलर ७७ सेन्टमा आएको थियो । यो वर्षको अहिले सम्मको अवधिमा बिट्क्वाइनको भाउ ४५ प्रतिशतले बढिसकेको छ ।

लगानीकर्ताहरूले नाफा कमाउन लगानी बेच्न थाले भने भाउ तल झर्न थाल्छ भनेर लगानीकर्ताहरू सतर्क छन् । बजारमा १० देखि २० प्रतिशतसम्म करेक्सन आउन सक्ने क्रिप्टो विज्ञहरूले बताइरहेका छन् । पछिल्लो समय बिट्क्वाइनको भाउ यति छिटो छिटो बढिरहेको छ कि लगानीकर्ताहरू करेक्शनप्रति सतर्क देखिएका छन् । सन् २०२१ को नोभेम्बर १० मा बिट्क्वाइनको भाउले ६८ हजार ९८२ डलर २० सेन्टको कीर्तिमानी उचाइ छोएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img