देवदह ।
देवदह उप मेयर कपको उपाधी सगरमाथा आवासीय मा.विले जितेको छ । देवदह ५ स्थित पानबारी खेलमैदानमा बुधबार सम्पन्न फाइनलमा सगरमाथा आवासीय मा.विले बुद्ध पब्लिकलाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । देवदह नगरपालिकाको कार्यलय, नगर खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगितामा १६ विद्यालय सहभागी रहेका थिए । फाईनल खेलमा सोझो ३ सेट जित्दै सगरमाथा आवासीय माध्यमिक विद्यालयले उपाधी संगै नगद ४० हजार, ट्रफी प्राप्त गरेको छ । खेलमा सगरमाथा आवासीय माध्यमिक विद्यालयले २५–१४, २५–२३, २५–१७ को सोझो सेट जित्न सफल भएको थियो ।
खेलमा देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयका खेलाडीहरुले राम्रो प्रदर्शन गरेपनि जित्न नसकेपछि उपविजेतामा चित्त बुझाएका छन् । उपविजेता बने संगै देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयले नगद ३० हजार र ट्रफी प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा देवदह माध्यमिक विद्यालय तृतिय भएको छ । तेश्रो स्थानको लागि भएको खेलमा देवदह बोडिङ्ग स्कुललाई हराउदै तृतिय भएको हो । खेलमा देवदह माध्यमिक विद्यालयले २५–१८, २५–१९, २५–१९ मा तिन सेट जित्न सफल भएको थियो । खेलमा देवदह बोडिङ्ग स्कुलले २८–२६ मा एक सेट जित्न सफल भएको थियो ।
प्रतियोगितामा तृतिय हुने देवदह माध्यमिक विद्यालयले नगद २० हजार, ट्रफी संगै खेलमा सान्त्वना भएको देवदह बोडिङ्ग स्कुलले नगद १० हजार प्राप्त गरेको नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेले जानकारी दिनुभयो ।
प्रतियोगितामा विद्यागत खेलाडीलाई समेत सम्मान गरेको छ । खेलमा बेस्ट व्लकर सगरमाथाका एलिना कार्की, बेस्ट सेटरमा बुद्ध पव्लिकका अञ्जली कुवर, उदयमान खेलाडीमा देवदह बोडिङ्गका एलिना थापा, बेस्ट सर्टरमा देवदह माविका कुशुम थापा, वेस्ट प्लेयरमा सगरमाथाका विष्णु पोखरेल, अनुशासित खेलाडीमा सगरमाथाका भिम विक, बेस्ट स्पाईकरमा बुद्ध पव्लिकका पिंयका पुन, बेस्ट डिफेण्डरमा बुद्ध पव्लिकका ईशिका थापा तथा वेस्ट प्रशिक्षकमा सगरमाथाका सुजाता राना पुरस्कुत भएका छन।