spot_img
spot_img
spot_img

नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

spot_img

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बेलुकी आयोजित समारोहमा नयाँ मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

नेकपा एमालेले आठ वटा मन्त्रालय पाएको छ । नेकपा (माओवादी केन्द्र) ले अर्थसहित पाँच वटा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित चार वटा र नेकपा एकीकृत समाजवादीले दुई वटा मन्त्रालय पाएका छन् । योसँगै २० सदस्यीय मन्त्रिपरिषद् बनेको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा तीन मन्त्रीले मङगलबार शपथ लिएका थिए भन बुधबार १६ जना थपिएका हुन् ।

नेकपा एमालेबाट रघुवीर महासेठ– उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री, राजेन्द्रकुमार राई– खानेपानीमन्त्री, पदम गिरी– कानुन न्याय तथा संसदीय मामिलामन्त्री, बलराम अधिकारी– भूमि व्यवस्था तथा सहकारीमन्त्री, भगवती चौधरी– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, दामोदर भण्डारी– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, हरि उप्रेती– रक्षामन्त्री र ज्वालाकुमारी साह– कृषिमन्त्री बन्नुभएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ– उपप्रधान तथा परराष्ट्रमन्त्री, वर्षमान पुन– अर्थमन्त्री, शक्तिबहादुर बस्नेत– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा– सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने– उपप्रधान तथा गृहमन्त्री, सुमना श्रेष्ठ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, विराजभक्त श्रेष्ठ– युवा तथा खेलकुदमन्त्री र डोलप्रसाद अर्याल (डीपी)– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र धनबहादुर बुढा- सहरी विकासमन्त्री बन्नुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img