spot_img
spot_img
spot_img

बेलिङह्यामलाई दुई खेलमा प्रतिबन्ध

spot_img

काठमाण्डौ ।

भ्यालेन्सियाविरुद्धको खेलमा रातो कार्ड पाएका रियल मड्रिडका डिफेन्डर जुड बेलिङह्यामलाई ला लिगामा दुई खेलका लागि प्रतिबन्ध गरिएको छ । २–२ को बराबरीमा सकिएको उक्त खेलमा २० वर्षीय खेलाडीले इन्जुरी समयको छैटौँ मिनेटमा रियलका लागि विजयी गोल गरेको ठानेका थिए । तर, रेफ्री जिल मानजानोले क्रस अघि नै अन्तिम सिट्ठी फुकेका थिए । त्यस लगत्तै बेलिङह्यामसहित रियलका खेलाडीहरूले रेफ्रीलाई घेरेर असन्तुष्टि पोखेका थिए ।

फेडरेसनको अनुशासन समितिले बेलिङह्यामलाई ६ सय युरो र रियललाई ७ सय युरो जरिवाना गरेको छ । रियलले बेलिङह्यामको रातो कार्डविरुद्ध अपिल समेत गरेको थियो । तर, अनुशासन समितिले सो अपिल खारेज गरेको छ । ला लिगामा प्रतिबन्ध खेपे पनि उनले बुधबार आरबी लेइपजिगविरुद्ध च्याम्पियन्स लिगअन्तरगत अन्तिम १६ को खेल भने खेलेका थिए । उनैको पासमा भिनिसियस जुनियरले गोल गर्दा रियल बराबरी खेल्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
एजेन्सी/बीबीसी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img