प्रदिप ज्ञवाली, सैनामैना ।
नेपाल महिला एकता समाजको आयोजनामा शु्क्रबार सैनामैनामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रबार नारी दिवसको अवसरमा आयोजित अन्तरकृया कार्यक्रम सैनामैना पाचँको गडवा र बालापुर गरि दुई टोलमा गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सैनामैना नगरपालिका वडा न ५ का वडा अध्यक्ष धन प्रसाद पाैडेलले कुनै पनि समस्या समाधान गर्न मानिसहरु एकीकृत भइ सङ्गठनात्मक रुपमा आवाज उठाउनु पर्ने भन्दै सुकुम्बासी समस्या धेरै ठाउँको समस्या भएकाले यसको समाधानका लागि कामहरु पनि अगाडि बढिरहेको बताउनुभयो । वडा अध्यक्ष पाैडेलले हाम्रो वडामा नापी भइरहदा आउन सक्ने समस्यामा यस सङ्गठनले समन्वयकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
सुकुम्बासी बस्तिमा महिलाहरुलाई सय समाजले विगत केही समयदेखि सइ्गठित गरिरहेको बताउदै
सुकुम्बासीका हक र अधिकार स्थापित गर्न यस महिला एकता समाजको स्थापना भएको समाजको रुपन्देही संयोजक मनकुमारी राईले जानकारी दिनुभयो ।
संयोजक राईले सुकुम्बासीका हातमा लालपुर्जा वा जग्गाको निस्सा पुर्याउनु समाजको मुल उद्देश्य रहेको बताउनुभयो ।
प्राकृतिक प्रकोप , सरकार र स्थानीय समाजका कारण समस्यामा परेका सुकुम्बासी नागरिकलाई सहयोग समाजले गरिरहेको र उनीहरूको पक्षमा आवाज उठाइरहेको जिल्ला संयोजक राईले जानकारी दिनुभयो ।
कार्यक्रम नेपाल महिला एकता समाजकी रुपन्देही जिल्ला संयोजक मनकुमारी राईको अध्यक्षता , सैनामैना नगरपालिका वडा न ५ का अध्यक्ष धनप्रसाद पाैडेलको प्रमुख आतिथ्यता, वडा सदस्य विभिन्न संस्थाका प्रतिनिधि स्थानीय जनसमुदायकाको उपस्थितिमा राधिका बि क को स्वागत एवम जिल्ला सचिव तिलकुमारी चाैधरीको सञ्चालनमा बालापुर खानेपानीभवन परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।