spot_img
spot_img
spot_img

युरोपका चार देश र भारतबिच १ खर्ब डलरको स्वतन्त्र व्यापार सम्झौता

spot_img

काठमाण्डौ ।

भारतले युरोपका चार देशहरूसँग स्वतन्त्र व्यापार सम्झौता गरेको छ । युरोपेली स्वतन्त्र व्यापार संगठन (ईएफटीए)सँग भारतले १ खर्ब डलर बराबरको व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । यईएफटीएमा नर्वे, स्वीटजरल्यान्ड, आइसल्यान्ड र लिकटनस्टाइन रहेका छन।

विगत दुई वर्षयता बेलायत र भारतबिच स्वतन्त्र व्यापार सम्झौताका लागि वार्ता भइरहेकै समयमा यो सम्झौता भएको हो । करिब १६ वर्षको छलफलपछि यो सम्झौता भएको हो । यो सम्झौता अन्तर्गत भारतले लगानीको बदलामा १५ वर्षसम्म यी देशहरूबाट आउने औद्योगिक वस्तुहरूमा अधिकांश आयात महसुल हटाउनेछ ।  यो सम्झौताअन्तर्गत फर्मास्युटिकल्स, मेसिनरी, म्यानुफ्याक्चरिङ लगायत उद्योगमा लगानी हुने अपेक्षा गरिएको छ ।

सम्झौता लागू हुनु अघि भारत र चार ओटै युरोपेली देशहरूले यसलाई अनुमोदन गर्नु पर्नेछ । स्वीटरल्यान्डले आगामी वर्षभित्रमा सम्झौतालाई अनुमोदन गर्ने योजना बनाएको छ । गएको दुई वर्षमा भारतले अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्ससँग व्यापार सम्झौता गरेको छ । बेलायतले पनि भारतसँग छिट्टै व्यापार सम्झौता गर्ने अनुमान गरिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img