spot_img
spot_img
spot_img

सगरमाथा आवासीय मा.विमा खाना महोत्सव तथा नृत्य प्रतियोगिता सम्पन्न

spot_img

देवदह ।

रुपन्देहीको देवदहमा सगरमाथा खाना महोत्सव तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सगरमाथा आवासीय माध्यमिक विद्यालयको कक्षा १२ को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयको कक्षा १२ होटल म्यानेजमेण्ट विषय लिएर अध्ययनरत विद्यार्थीहरुले आफुले सिकेका ज्ञान र सीपलाई व्यवहारमा देखाउने गरी कार्यक्रमको आयोजना गरेको विद्यालयले जनाएको छ । कितापी ज्ञानलाई व्यवहारिक शिक्षाको रुपमा कार्यान्वयन गर्नको लागि खाना महोत्सवको अयोजना गरेको विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।

कक्षा १२ का विद्यार्थी आरएन सोमैको अध्यक्षता र स्वर्णीम सगरमाथा कलेज व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले शिक्षालाई व्यवसायीक र व्यवहारिक बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले शिक्षालाई कितापी ज्ञानको रुपमा मात्र नभई व्यवहारिक शिक्षाको रुपमा लैजान आवश्यक रहेको बताएका थिए । उनीहरुले अवका नया पिढीलाई संस्कार सहितको शिक्षा प्रदान गर्ने गरी विद्यालयहरु लाग्नु पर्ने बताउदै सगरमाथा आवासीय माध्यमि विद्यालयले व्यवहारिक शिक्षालाई जोड दिएको बताएका थिए । कार्यक्रममा विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा नन्दनी गुरुङ्गको समुह प्रथम, गंगा गुरुङ्गको समु द्धितिय, विनिशा गुरुङ्गको समुह तृतिय भएको विद्यालयले जनाएको छ । प्रतियोगिताका विजेताले नगद ३ हजार, २ हजार र १ हजार प्राप्त गरेका छन् । यसैगरी सोही अवसरमा घैटोफोर कार्यक्रम समेत सम्पन्न भएको छ । घैटो फोरमा विद्यालयका सहायक प्रार्चाय प्रदीप अधिकारीले जित्न सफल भएको थियो । कार्यक्रममा ज्योति थापा र आयुषा न्यौपानेले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । विद्यालयका सहप्रार्चाय प्रदीप अधिकारीको स्वागत, भिमाकुमारी गुरुङ्ग र सन्तोषी सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img