spot_img
spot_img
spot_img

जापान स्पेस वन प्रोजेक्टलाई झट्का, उडे लगत्तै पड्कियो रकेट

spot_img

एजेन्सी ।

व्यावसायिक अन्तरिक्ष दौडमा सामेल हुने जापानको प्रयासलाई धक्का लागेको छ । टोकियोस्थित स्टार्ट अप कम्पनी स्पेस वनको निजी क्षेत्रबाट अन्तरिक्षमा पुग्ने देशको पहिलो कम्पनी बन्ने प्रयास तुहिएको छ । पश्चिमी जापानको स्पेस पोर्ट किइबाट कम्पनीले प्रक्षेपण गरेको ‘काइरोस’ रकेट प्रक्षेपण लगत्तै विस्फोट भएको छ। स्पेस वनले १८ मिटर लम्बाइको २३ टनको सानो, ठोस इन्धनवाला काइरोस रकेटको बुधवार उद्घाटन प्रक्षेपण गरेको थियो ।

यो रकेटले सरकारी उपग्रह बोकेको थियो । तर बिहान ११ः०१ बजे उडेको केही सेकेन्डमै रकेट विस्फोट भयो । अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूमा हावामा रकेट पड्किएर धुवाँको मुस्लो आएको, आगो बलेको, रकेटका टुक्राटाक्री नजिकका पहाडमा छरिएको देखिन्छ । विष्फोटलगत्तै अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास सुरु गरेकोले कसैलाई घाउ चोट भने नलागेको बताइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img