बुटवल ।
नेकपा एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् । मंगलबार सुरू भएको सातौं अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा बुढामगर र घनश्याम आचार्यको उम्मेदवारी परेको थियो । अमृतले १९५ मत पाउंदा घनश्यामले ११२ मत ल्याए । उपाध्यक्षमा भने विजयकुमार घर्तीमगर सर्वसम्मत भए ।
सचिवमा नेपबहादुर थापा विजयी भएका छन् । थापाले १८२ मत ल्याउँदा प्रतिस्पर्धी ठाकुरप्रसाद वलीले ११२ मत ल्याएका थिए । उपसचिवमा बमबहादुर पुन विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रेमराज बुढाले ८० मत ल्याएका छन् । त्यसैगरी महिला उपसचिवमा रमिता डाँगी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कृष्णीकुमारी गौतमले ६१ र तारा सेनले २५ मत ल्याएका छन् । त्यसैगरी, ५ जना खुला सदस्यहरुमा सन्तोष बाठा, कमानसिंह पुनमगर, धनबहादुर बस्नेत, रामचन्द्र बुढामगर, परबिर बिक, विजयी भएका छन् ।
अधिवेशनमा ३८१ प्रतिनिधि सहभागी थिए । रोल्पामा भएका पाँच केन्द्रीय नेता पोलिटब्यूरो सदस्य गोकुल घर्ती, कुमार दशौंदी, नवीन रोका मगर, यमुना रोका तामाङ घर्तीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएका थिए केन्द्रीय सदस्य ईश्वरी जीएम आचार्यलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएकी थिइन् ।
अधिवेशनको उद्घाटन सत्रमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलसहितका नेताहरु पुगेका थिए ।