spot_img
spot_img
spot_img

अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित

spot_img

एजेन्सी ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले देशभरमै चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने सक्ने विधेयक पारित गरेको छ । विधेयकले अमेरिकामा टिकटकको बहुसङ्ख्यक स्वामित्व बेच्न होइन भने निषेधको सामना गर्न ६ एपको मातृ कम्पनी बाइटडान्सलाई ६ महिनाको समय दिनेछ ।

सदनमा दुवै दल संलग्न मतदानमा विधेयक बहुमतले पारित भएको थियो । विधेयकलाई माथिल्लो सदन सिनेटले पनि पारित गर्नु पर्नेछ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि भने यो कानुन बन्नेछ । टिकटकमा चीन सरकारको प्रभावबारे अमेरिकी नीति निर्माताहरू लामो समयदेखि चिन्तित छन् । बाइटडान्सले केम्यान आयल्यान्डमा टिकटकलाई दर्ता गरेको छ । अमेरिका र यूरोपभर यसका कार्यालय छन् । विधेयक सिनेटबाट पनि पारित भयो भने अमेरिकाले एपमाथि प्रतिबन्ध लगाउने निश्चित छ । चीनको राष्ट्रिय सुरक्षा कानुनले कम्पनीहरूलाई सरकारले मागेको डेटामा पहुँच दिन बाध्य बनाएको छ । चिनियाँ कम्पनीहरूमार्फत चीन सरकारले अमेरिकामाथि जासुसी गर्न सक्ने भन्दै अमेरिकाले चिनियाँ कम्पनीहरूमाथि कडाइ गरिरहेको छ।

यस आरोपको खण्डनमा टिकटकले १५ करोड अमेरिकी टिकटक प्रयोगकर्ताको डेटा चीनमा रहेका बाइटडान्सका कर्मचारीले हेर्न नसक्ने दाबी गरिरहेको छ । आफ्नो प्रयोगकर्ताका डेटा सुरक्षित राख्न र एपमा चलखेल हुन नदिन कम्पनी प्रतिबद्ध रहेको टिकटकका प्रमुख कार्यकारी शोउ जि चिउले भन्दै आएका छन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img