एजेन्सी ।
मुम्बई क्रिकेट टोलीले बिहीबार ४२ औँ पटक रणजी ट्रफीको उपाधि जितेको छ । योसँगै मुम्बईको टोलीले रणजी ट्रफी जित्ने आठ वर्षको खडेरीको अन्त्य गरेको छ। मुम्बईले पाँचौं दिन विदर्भलाई १६९ रनले पराजित गरेको हो । फाइनल खेल मुम्बईको वानखेडे स्टेडियममा भएको थियो ।
मुम्बईले विदर्भलाई जीतका लागि ५३८ रनको लक्ष्य दिएको थियो । जवाफमा विदर्भको टोलीले ३ सय ६८ रन मात्रै बनाउन सक्यो । मुम्बईले पहिलो र दोस्रो इनिङ्समा २२४ र ४१८ रन बनाएको थियो । विदर्भको टोलीले पहिलो इनिङ्समा १ सय ५ रन बनाएको थियो ।
मुम्बईका लागि दोस्रो इनिङ्समा मुशीर खानले सर्वाधिक १३६ रन बनाए । विदर्भका लागि अक्षय वाडकरले दोस्रो इनिङ्समा सर्वाधिक १०२ रन बनाए ।