देवदह ।
देवदहमा आधारभूत तह उत्तीर्ण परीक्षा बिहिवारबाट सुरू भएको छ । २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा आजदेखि सुरु भएको हो ।
परिक्षामा कक्षा ८ बाट जम्मा १७ सय १६ जना परीक्षार्थी सहभागी रहेको देवदह नगरपालिका शिक्षा शाखाले जनाएको छ। परिक्षामा सामुदायिक विद्यालय र संस्थागत विद्यालय संख्या ३० र परीक्षा केन्द्रको संख्या ७ वटा रहेका छन् ।
यसैगरी आजदेखि नै कक्षा ५ को वार्षिक परीक्षा पनि देवदह नगरपालिकाबाट सञ्चालन भएको छ । कक्षा ५ को वार्षिक परीक्षा यस वर्षदेखि मात्र नगरपालिकाले सञ्चालन गरेको जनाइएको छ । कक्षा ५ को परिक्षामा जम्मा १४ सय ९४ जना परीक्षार्थीहरू परीक्षामा सहभागी रहेका छन् । देवदह नगरपालिका शिक्षा शाखा अधिकृत परशुराम ढकाका अनुसार चैत्र ८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ