spot_img
spot_img
spot_img

सुन प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याउन प्रधानमन्त्रीको निर्देशन

spot_img

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ ।

गृहमन्त्री रवि लामिछानेले आज बुझाएको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले यसमा मुछिएका जो सुकैलाई कानुनी दायरामा ल्याउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिनुभएको हो ।

बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन बुझाउनुभएको थियो । यसअघि जाँचबुझ आयोगले हिजो गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । सरकारको मुख्य अभिभारा सुशासन भएकाले कानुनी रुपमा दोषी देखिए कानुनी दायरामा ल्याउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img