spot_img
spot_img
spot_img

आज एकैदिन देशका साढे आठ सय ठाउँमा डढेलो

spot_img

काठमाडौं ।

पछिल्लो चौबीस घण्टामा देशका आठ सय ५० ठाउँमा डढेलो लागेको पुष्टि भएको छ। शुक्रवार राति साढे आठ बजेदेखि गएराति साढे ८ बजेसम्मको चौबीस घण्टाको स्याटलाइट तस्बिर अनुगमनबाट आठ सय ५० ठाउँमा डढेलो पहिचान भएको वन डढेलोको अनुगमन गर्दै आएको संस्था नेपाल फरेस्ट फायर म्यानेजमेन्ट च्याप्टर (एन.एफ.एम.सी) ले जनाएको छ ।

५९ वटा जिल्लाका विभिन्न ठाउँमा डढेलो लागेकोमा सबैभन्दा धेरै उदयपुरका ६५ ठाउँमा डढेलो लागेको छ । यस्तै ताप्लेजुङको ६०, सप्तरीमा ५९, तेह्रथुममा ४४, काभ्रेका ३८ र भोजपुर तथा धनुषाका ३५–३५ ठाउँमा डढेलो पहिचान भएको छ । यसअघि बिहीवारदेखि शुक्रवार बेलुकासम्मको चौबीस घण्टामा देशमा आठ सय १३ ठाउँमा डढेलो पहिचान भएको थियो ।

वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । जसबाट वर्षको दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने अनुमान छ । नेपालमा हुने डढेलोका घटनामध्ये ८० प्रतिशतभन्दा धेरै मध्य फागुनदेखि मध्य वैशाखसम्म हुने गरेका विभागले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img