spot_img
spot_img
spot_img

बालमैत्री स्थानीय शासन घोषण पश्चातको दिगोपनको लागि रणनीतिक योजना तयारी कार्यशाला सम्पन्न

spot_img

बुटवल ।

रुपन्देहीको देवदहमा बालमैत्री स्थानीय शासन घोषण पश्चातको दिगोपनको लागि रणनीतिक योजना तयारी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। देवदह नगरपालिका वडा नं ५ लाई बालमैत्री वडा घोषणा गराउन विभिन्न कार्यक्रम भैरहदा त्यसलाई दिगोपन बनाउन आवश्यक रणनीतिक योजना निर्माण गरिएको हो ।

सो अवसरमा बोल्दै देवदह नगरपालिकाको प्रमुख ध्रुव प्रसाद खरेलले देवदह नगरपालिका बाल मैत्री नगर बनाउन लागिपरेको बताउनुभयो । उहाले बाल मैत्री नगर बनाउन नगरबासिको पनि उत्तिकै भुमिका रहेको हुदा प्रतिवद्द भएर लाग्न आवश्यक रहेको र त्यसको कार्यवनयन गर्न जोड दिनुभयो । नगर प्रमुख खरेलले देवदहलाई २०८१ साल भित्र बालमैत्री नगर घोषण गर्ने गरी लागि परेको समेत बताउनुभयो ।

कार्यशालामा डा.संज्ञा सेन, विष्णु प्रसाद ज्ञवाली, संस्कृति घर्ती, कृष्ण प्रसाद गैरे, गणेश डुम्रे लगाएतले बालमैत्री दिगोपनका लागि रणनीति योजना प्रस्तुत गर्नुभएको थियो । सोहि अवसरमा बाल मैत्री घोषणा पश्चातको दिगोपनको लागि प्रतिवद्द्ता पत्रमा हस्ताक्षर समेत गरिएको छ । प्रतिवद्द्ता पत्रमा नगर प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका सरोकारवालाहरु, बालसञ्जालका पदाधिकारीहरु तथा सदस्य लगाएतले हस्ताक्षर गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img