spot_img
spot_img
spot_img

देवदहमा थारु कल्याणकारीको भवन सिलन्यास

spot_img

देवदह । रुपन्देहीको देवदह नगरपालिका–४, विजयपुरमा थारु कल्याणकारिणी सभा देवदह नगर समिति भवनको शिलायन्यस गरिएको छ । भवनको एक कार्यक्रमका वीच लुम्विनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरीले शिलान्यस गर्नु भएको हो ।

थारु कल्याणकारिणी सभा देवदहको भवन निर्माणको लागि देवदह नगरपालिकाले ३ लाख र वडा कार्यालयले २ लाख गरी यस आर्थिक बर्षमा ५ लाख विनियोजन गरेको नगर अध्यक्ष सुरेन्द्र चौधरीले जानकारी दिनु भयो । भवनलाई थारु संग्राहलयको रुपमा समेत विकास गर्ने गरी थारु कल्याणरिणी सभा अगाडि बढेको जानकारी दिनु भयो । भवनको शिलान्यस गर्दै प्रदेश सांसद चौधरीले भाषा, संस्कार र संस्कृतिको संरक्षणले मात्र जातीय पहिचान स्थापित गर्ने बताउनु भयो । उहाले आफनो भाषा, संस्कार र संस्कृतिको वारेमा अवका नया पिंढीलाई सिकाउन आवश्यक रहेको औल्याउनु भयो । उहाले भवन निर्माणको लागि आफुले प्रदेश सरकार संग पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले चेतनाको विकासले मात्र समृद्धि प्राप्त गर्न सकिने भएकोले यसको लागि थारुकल्याणकारिणी सभाले काम गर्नुपर्नेमा जोड दिनु भयो । उहाले आफु नगर समितिको अध्यक्ष हुदाको योजना रहेको त्यो अहिले पुरा हुदै गईरहेकोले खुसी लागेको बताउनु भयो । उहाले शिक्षाको विकासले मात्र हरेक काम गर्न सकिने बताउदै शिक्षालाई महत्व दिनु पर्ने बताउनु भयो । उहाले देवदहमा थारु होमस्टे संचालन गरी व्यवस्थित गर्न सके देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिनेमा जोड दिनु भयो । उहाले नगर समितिको भवन सम्पन्न भएपछि भवनलाई थारु संग्राहलयको रुपमा समेत विकास गर्दै जानु पर्ने बताउनु भयो ।

थारु कल्याणकारिणी सभा देवदहका अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष कमलनारायण चौधरी , देवदह नगरपालिका–४, का वडाअध्यक्ष दमननाथ रेग्मी, थारु कल्याणकारिणी सभा रुपन्देहीका सचिव सरिता चौधरी, नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष मिना श्रेष्ठ, सल्लाहकार कुलबहादुर खवास लगायतले आ–आफना भनाई राख्नु भएको थियो । थारु कल्याणकारिणी सभा देवदहका उपाध्यक्ष दिनेश चौधरीको स्वागत र सचिव देवराज चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img