spot_img
spot_img
spot_img

भारत: मानिसको समूहमाथि जथाभावी टिप्पर गुडाउँदा पाँच जनाको ज्यान गयो

spot_img

भारत ।

भारतको राजस्थानमा मानिसको एक समूहमाथि टिप्पर कुदाउँदा पाँच जनाको ज्यान गएको छ । राजस्थानको झालावर जिल्लाको भवानी मण्डीको पगरिया प्रहरी चौकी परिसरमा जथाभावी टिप्पर चलाउँदा पाँच जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

अस्ति शुक्रबार राति एउटै गाउँका दुई पक्षबीच झगडा भएको थियो । झगडापछि प्रहरी चौकीमा उजुरीको लागि जाँदै गरेका व्यक्तिमाथि अर्को समूहका व्यक्तिले टिप्पर चलाएका प्रहरीले जनाएको छ ।

गाउँमा हिँसा फैलने जोखिमलाई ध्यान दिएर ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको खबरमा उल्लेख छ। मानिसमाथि टिप्पर गुडाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ, अर्का एकजनाको खोजी भइरहेको छ ।

-एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img