spot_img
spot_img
spot_img

अब ह्वाट्सएपबाटै एआई इमेज बनाउन सकिने

spot_img

काठमाण्डौ ।

पछिल्लो समय विश्वभर एआई टूलको माग बढेको छ । च्याटजीपीटी सार्वजनिक भएयता (एआई)एआईको प्रयोग अति नै बढेको छ । हिजोआज हर कोहीले एआई इमेज बनाउन चाहिरहेका छन् । च्याटजीपीटीकै पतिस्पर्धी टूल पनि लञ्च भइरहेका छन् । यी टूलको प्रयोग मानिसहरूले फरक फरक कामका लागि गरिरहेका छन् । नयाँ नयाँ एआई टूल बनाउने होड प्रविधि कम्पनीहरूमा चलिरहेको छ ।

आफ्ना सेवाहरूमा एआई फिचर थप्ने प्रतिस्पर्धा चुलिएको छ । अमेरिकी प्रविधि कम्पनी मेटाले आफ्नो इन्स्ट्यान्ट मल्टीमिडिया म्यासेजिङ एप ह्वाट्स एपमा नयाँ फिचर ल्याउन खोजेको छ । कम्पनीले ल्याउन लागेको यो फिचर एआई सपोर्टेड हुनेछ । यसपछि प्रयोगकर्ताहरूले व्हाट्सएपमै एआई फोटो बनाउन अनि एडिट गर्न सक्नेछन् ।

ह्वाट्सएपको यो नयाँ एआई फिचर यतिबेला बिटा भर्सनमा परीक्षण भइरहेको बताइएको छ । केही हप्ताभित्रै कम्पनीले यसको अपडेट जारी गर्न सक्नेछ । व्हाट्सएपका फिचरहरू ट्र्याक गर्ने विबेटाइन्फोले यो नयाँ फिचरबारे जानकारी दिएको हो । रिपोर्टका अनुसार नयाँ फिचर एन्ड्रोइडको बिटा संस्करण २.२४.७.१३ मा परीक्षण भइरहेको छ ।

बिटा भर्जनमा एआई इमेज एडिट देखिएको छ । नयाँ अपडेट पछि प्रयोगकर्ताहरूले एचडी आइकननजिक ब्याकड्रप रि–स्टाइल र एक्सप्यान्डजस्ता धेरै खाले एआई फिचर पाउनेछन् । फेसबुक, इन्स्टाग्रामलगायत आफ्ना सबै सामाजिक सञ्जालमा एआई टूलको प्रयोगप्रति मेटा गम्भीर रहँदै आएको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img