काठमाण्डाै ।
राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएको छ । उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामा पत्र बुझाउनुभएको हो । अर्याल २०७९ साल माघ २३ गते राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
अर्याल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमानदार भएर कर्तव्य निर्वाह गरेको भन्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??